`

भारतविरुद्ध नेपालले पहिला बलिङ गर्दै

Nepal One HD १९ माघ २०८० १३:४५
खेलकुद

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले आफ्नो दोस्रो खेलमा भारतविरुद्ध पहिला बलिङ गर्ने भएको छ । भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

नेपाल विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिइसकेको छ । उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

नेपाल यसअघि सुपर सिक्समै बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।


प्रतिक्रिया