`

मुख्यमन्त्री कप भलिबल प्रतियोगिता : गण्डकी प्रदेश फाइनलमा

Nepal One HD १९ माघ २०८० १८:४५
खेलकुद

दोधारा चाँदनी (कञ्चनपुर),१९ माघ – कञ्चनपुरको महेन्द्रनगर स्थित खुला मञ्चमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी प्रदेश फाइनल प्रवेश गरेका छन ।

आज महेन्द्रनगरमा भएको सेमिफाइनल खेलमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई ३–२ ले पराजीत गर्दै फाइनलमा स्थान बनाएको हो । त्यसैगरि दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र विभागिय टोली एपीएफबीच प्रतिस्पर्धा भइरहेको जिल्ला भलिबल सङ्घका महासचिव उत्तम विष्टले जानकारी दिनुभयो । “प्रतियोगिताको फाइनल खेल समापनसँगै शनिबार दिउँसो हुन्छ ।” उहाँले भन्नुभयो । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागिय टिम गरी १० वटा टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा विजेता उपविजेता र तेस्रो हुने टिमलाई रु चार लाख, दुई लाख र एक लाख नगदसहित विजेता ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा आइतबारदेखि प्रतियोगिता सुरु भएको थियो ।


प्रतिक्रिया