कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘बुद्ध तिम्रो देशमा’

मनोरञ्जन

काठमाडौं । साहित्यकार तथा गीतकार डा. शम्भु जमरकट्टेल ‘हेदाङ्ने’ को रचनामा तयार भएको राष्ट्रिय भावको गीत ‘बुद्ध तिम्रो देशमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
स्वरूपराज आचार्य तथा प्रेक्षा गौतमको स्वरमा तयार भएको यो गीतलाई गायिका गौतमले नै संगीतवद्ध गरेकी छिन् । अमूल कार्की गीतमा संगीत संयोजक हुन् ।गीतको म्यूजिक भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका छन् । भिडियोमा दिक्पाल कार्की तथा दीपिका थापा मुख्य भूमिकामा छन् । मुकेश हुमागाईको छायांकन, विनोद बमको सम्पादन रहेको भिडियोमा राहुल बराईलीको कोरियोग्राफी छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट