लिभरपुल आर्सनलसँग पराजित

खेलकुद

काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल दोश्रो स्थानको आर्सनलसँग पराजित भएको छ । गएराति भएको खेलमा आर्सनलले ३–१ गोलको शानदार जित निकालेको हो । जितसँगै लिग तालिकामा दोश्रो स्थानमा रहेको आर्सनलले लिभरपुलसँगको दुरी दुई अंकमा झारेको छ । आर्सनलका लागि खेलको १४ औँ मिनेटमै बुकायो साकाले गोल गरेका थिए ।
दोश्रो हाफमा आर्सनलले थप दुई गोल गर्यो । पहिलो हाफको इन्जुरी समयमा ग्याबरियल मगलहायसले लिभरपुलका लागि बराबरी गोल गरे ।
दोश्रो हाफमा आर्सनलका लागि ग्याबरियल मार्टिनेल्ली र ट्रोसर्डले १–१ गोल गरे । ८८ औँ मिनेटमा इब्राहिमा कोनाटेले दोस्रो पहेँलो कार्ड पाएसँगै लिभरपुल १० खेलाडीमा सीमित बनेको थियो । २३ खेलपछि आर्सनलले ४९ अंक बटुलेको छ भने लिभरपुलले समान खेलमा ५१ अंक बटुलेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट