यू–१९ विश्वकप खेलेर क्रिकेट टोली स्वदेश फिर्ता


काठमाडौ । दक्षिण अफ्रिकामा यू–१९ विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ । यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्सबाट बाहिरिएको नेपालको क्रिकेट टोली सोमबार स्वदेश फर्किएको हो । नेपाली टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा क्यानका पदाधिकारीले स्वागत गरेका थिए । स्वदेक फर्किएपछि कप्तान देव खनालले व्याटिङमा सोचेजस्तो राम्रो हुन नसकेको बताए । उनले यू–१९ विश्वकप क्रिकेटलाई अनुभवको रुपमा लिएको र धेरै कुरा सिक्ने मौका पाएको बताए ।
त्यस्तै अलराउन्डर गुल्शन झाले सोचेजस्तो खेल भएपनि नजिता भने आफ्नो पक्षमा पार्न असफल भएको जिकिर गरे । उनले बलिङको तुलनामा व्याटिङमा मेहनत गर्नुपर्ने देखिएको धारणा राखे ।
त्यस्तै मुख्य प्रशिक्षक जगत टमाटाले टेष्ट मुलुकसंगको खेलहरु नेपालका लागि ठूलो अनुभव भएको बताए । प्रतियोगीताभर नेपाली समर्थकको पनि धेरै साथ पाएको उनले बताए । समूह चरणमा नेपाल न्युजिल्याण्ड र पाकिस्तानसँग पराजितसंग पराजित भएपनि अफगानिस्तानलाई भने पराजित गर्दै सुपर सिक्समा पुगेको थियो । तर सुपर सिक्समा बंगलादेश र भारत पराजित भएपछि नेपाल प्रतियोगीताबाट बाहिरिएको थियो ।