जापान सरकारद्वारा नेपाल जुडो सङ्घलाई पोशाक सहयोगस्वरुप प्रदान(भिडियो सहित)

खेलकुद

काठमाडौँ / जापान सरकारले नेपाल जुडो संघलाई जुडो पोशाक सहयोगस्वरुप प्रदान गरेको छ । मंगलबार काठमाडौंस्थीत जापानी दूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताकाले संघलाई दुई सय ४० थान जुडो पोशाक हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा राजदूत किकुताले जापान जुडो फेडेरेसनको सहयोगबाट एसियाली खेलकुद ऐची–नागोया २०२६ लाई लक्षित गरी प्रशिक्षण गरिरहेका नेपालका जुडो खेलाडीलाई मद्धत पुग्ने बताए । त्यस्तै नेपाल जुडो संघका अध्यक्ष दीपक बज्राचार्यले उक्त सहयोगले नेपालका जुडो खेलाडीहरू प्रोत्साहन हुने बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट