`

२०५२ सालदेखि सञ्चालनमा आएको गोपीकृष्ण मुभिज बन्द हुने

Nepal One HD २६ माघ २०८० १५:४७
मनोरञ्जन

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिज् आगामी फागुन १ गतेदेखि बन्द हुने भएको छ । मुभिजका प्रबन्ध निर्देशक निरक पौडेलले शुक्रबार विज्ञप्ति जारी गरी फागुन १ गतेदेखि गोपीकृष्ण मुभिज बन्द हुने जानकारी दिएका हुन् ।

कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यवसायिक मन्दीका कारण यस प्रालिले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणालीले गर्दा बन्द गर्नुपरेको उनले बताएका छन् ।पौडेलले आजसम्म सबैबाट प्राप्त सहयोग, सद्भाव तथा आत्मीयताका लागि दर्शक, चलचित्र निर्माता, वितरक, प्रदर्शक तथा चलचित्र क्षेत्रका सबै संघ संस्थाहरु, सरकारी निकायलाई आभार व्यक्त गरेका छन् ।


प्रतिक्रिया