`

नवलपरासीको सुस्तामा हजुरबा र नातिको हत्या

Nepal One HD १ फागुन २०८० ११:०१
अपराध

नवलपरासी । नवलपरासीको सुस्तामा हजुरबा र नातिको हत्या भएको छ । सुस्ता गाउँपालिका– ३ मर्चहवा निवासी ६५ वर्षीय यक्षलाल चमार र उनका ११ वर्षीय नाति गौचरण चमारको गएराति हत्या भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान उनीहरुको शव घरदेखि झण्डै पाँचसय मिटर दक्षिणमा रहेको खेतको छाप्रोमा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन् ।

बाली रुँघ्न बनाइएको छाप्रोमा हजुरबा र नातिको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको हो । प्रहरीले तालिमप्राप्त कुकुर झिकाएर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।


प्रतिक्रिया