एमाले दैलेख जिल्ला अध्यक्षमा शाही
राजनीति
दैलेख, १ फागुन :नेपाल कम्युनिष्ट पार्टी (एमाले) दैलेख जिल्ला अध्यक्षमा सूर्यबहादुर शाही निर्विरोध चयन हुनुभएको छ । एमालेको आठौँ जिल्ला अधिवेशनले उहाँको नेतृत्वमा पाँच पदाधिकारीसहित ९१ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा प्रेमबहादुर बुढा,सचिवमा हिमालयजङ्ग शाह ,उपसचिवमा मीनबहादुर बुढा क्षेत्री र महिला उपाध्यक्षमा तारा सोनी निर्विरोध निर्वाचित हुनुभएको नेकपा एमालेका जिल्ला समिति सदस्य यामनारायण उपाध्यायले राससलाई बताउनभयो । शाही अघिल्लो पटक अध्यक्षमा रवीन्द्रराज शर्मासँग पराजित हुनुभएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
