लुम्बिनी प्रदेशका सांसद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अपराध

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका सांसद जानकी प्रसाद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मंगलबार आयोगले सांसद यादवसहित जिल्ला वन कार्यालय कपिलवस्तुका तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट,दुर्गाबहादुर कार्की,महेन्द्रराज वाग्लेसमेत गरी १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
यादव कपिलवस्तु–३ (२)बाट राप्रपाका निर्वाचित सांसद हुन् । साझेदारी वन व्यवस्थापन समिति कपिलवस्तुमा आर्थिक वर्ष २०७४/७५ मा ठेकेदार समेतले ६ वटा कटान प्लटहरूको ३७ हजार क्यू फिट काठ कटान गरी अनियमितता गरेको पुष्टि भएकाले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।




प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट