क्यानडा ११ द्वारा नेपाल ए लाई २४१ रनको लक्ष्य प्रस्तुत

खेलकुद

काठमाडौ । क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल एले जितका लागि २४१ रनको लक्ष्य पाएको छ । आज मूलापनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको हो ।
क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाएका थिए । नेपालका साहब आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २ विकेट लिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट