`

धरौटीमा छुटेलगत्तै पोखरा महानगर-२१ का वडाध्यक्ष सुवेदी पुनः पक्राउ

Nepal One HD ८ फागुन २०८० २१:४३
अपराध

पोखरा । मित्रमिलन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीमा धरौटीमा छुटेका पोखरा महानगरपालिका–२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी पुनः पक्राउ परेका छन् ।

उनलाई व्यक्तिगत ठगीको आरोपमा पक्राउ गरेको थियो । कास्की प्रहरीका प्रहरी निरीक्षक सूर्य लामाले व्यक्तिगत ठगीको जाहेरीका आधारमा सुवेदीलाई पुनः पक्राउ गरिएको हो ।पक्राउ पुर्जी जारी भएपछि फरार भएको वडाध्यक्ष सुवेदी मङ्गलवार जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए । कास्की अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ८ लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।


प्रतिक्रिया