`

नेपाल ए द्वारा क्यानडा-११ लाई १८२ रनको लक्ष्य प्रस्तुत

Nepal One HD १० फागुन २०८० १३:१८
खेलकुद

काठमाडौ । क्यानडा ११ विरूद्ध को तेस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले १८२ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेको क्यानडाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर अल आउट हुँदै १८१ रन बनाएको हो ।

नेपालका लागि सबैभन्दा धेरै ओपनरद्वय आशुतोष घिरैयाले २८ रन र अर्जुन कुमालले २७ रन जोडे । शेर मल्ल शून्यमा आउट हुँदा कप्तान सन्दीप जोराले २४ रन बनाए । सुजन थपलिया २० रन, रशिद खान १९ रन तथा रनआउटको सिकार भएका बसिर अमहदले २५ रन जोडे । यस्तै, प्रतिश जिसीले १९ रन जोड्दा हमेन्त धामीले ६ रन बनाएर आउट भएका थिए । शाहब अलाम ० र सागर ढकालले १ रन मात्र बनाउन सके ।

बलिङमा क्यानडाका निकोलास किर्टन, डिलोन हेलिङगर र हर्ष थकेरले २ २ विकेट लिए । यसअघि पहिलो खेलमा क्यानडा र दोस्रो खेल नेपालले जितेका कारण आजको खेल जित्ने टिमले सिरिज उपाधि हात पार्नेछ ।


प्रतिक्रिया