`

मोरङमा लहरी पल्टिँदा तीन जनाको मृत्यु

Nepal One HD ११ फागुन २०८० १२:४५
प्रमुख खबर

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा लहरी पल्टिएर दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीनजनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको लहरी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बूढीगंगा गाउँपालिका ४ का ज्योती अधिकारीकी ४ वर्षीया छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासकी ८ वर्षीया छोरी रिहा खवास रहेका छन् । शुक्रबार बिहान ७ बजे कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी दुर्घटना भएको थियो ।

उक्त लहरी नहरनजिकको किराना पसलमा पल्टिएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार अहिले घटनास्थलबाट ढुङ्गा पन्छाएर क्रेनको सहयोगमा शव निकाल्ने प्रयास भइरहेको छ ।


प्रतिक्रिया