`

सुन तस्करीमा संलग्न भएको आरोपमा कलेज संचालक पक्राउ

Nepal One HD १४ फागुन २०८० १०:१३
अपराध

काठमाडौं । प्रहरीले १४ किलो सुन तस्करी प्रकरणमा प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोलीले गुरुङलाई गएराति पक्राउ गरेको हो ।

सुन प्रकरणमा मुछिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियोे । त्यसपछि उनी फरार भएका थिए । विमानस्थलमा १४ किलो सुनसहित पक्राउ परेका चन्द्र घले र घले र उनले भनेका मीनबहादुर घलेलाई जीवनकुमारले परिचालन गरेको खुलेको थियो ।

यस प्रकरणमा चन्द्र घले र घलेले पोलेका मीनबहादुर घलेलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा एक अर्ब ४० करोड ५५ लाख रुपैयाँ विगो दाबीसहित मुद्दा दर्ता भएको थियो।


प्रतिक्रिया