राष्ट्रका सामू देखिएका चुनौतीको सामना गर्न गृहमा आएँ : गृहमन्त्री लामिछाने
काठमाडौं : रास्वपा सभापति रवि लामिछानेले उपप्रधान एवम् गृहमन्त्रीको पदभार ग्रहण गरेका छन्। बुधबार बेलुका राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिए लगत्तै गृह मन्त्रालयमा उनले पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै लामिछानेले ७७ जिल्लामै सरकारको स्वामित्वमा रहेको जग्गाको विवरण संकलन गरेर कसैले सरकारी जग्गा व्यक्ति वा निजी संस्थाले कब्जा गरेको भए कारबाही अगाडि बढाउने बताए। यस अगाडि नै सरकारी र सार्वजनिक जग्गाको तथ्य सहितको विवरण संकलन गरेर पठाउन निर्देशन जारी भएकाले सोहि निर्णयमा टेकेर आफूले पहिलो निर्णय सरकारको स्वामित्वमा भएको जग्गा गलत तरिकाले हडप्नेलाई कारबाही प्रक्रिया अघि बढाउने दाबी गरे।
उनले जे चलिरहेको छ त्योभन्दा फरक गर्न सक्ने विश्वासका साथ गृहमन्त्रालय रोजेको बताए। उनले राष्ट्रका सामू देखिएका चुनौतीको सामना गर्न आफू गृहमा आएको बताए। उनले भने,‘कानुनले तोकेका कार्य गर्न कसैको निर्देशन लिनु पर्दैन। लिगल काम गर्न कुनै अनुमति लिनुपर्दैन।’
न्याय माग्न मन्त्री भेट्न आउनुपर्ने वातावरणको अन्त्य गर्ने गरी काम गर्नुपर्ने उनको भनाई छ।
आम नागरिकले बाटोमा प्रहरी अधिकारीलाई देख्ने बित्तिकै म सुरक्षित छु भन्ने महसुस गराउनुपर्ने धारणा राखे। गैह्रकानुनी गतिविधि नियन्त्रण र निगरानी गर्नुपर्ने उनको भनाई छ।
उनले गृह मन्त्रालय २४ घण्टा सक्रिय हुनुपर्ने र जिम्मेवार रहेको मन्त्रालय रहेको बताए। उनले नागरिकलाई नयाँ सरकार गठन भएको महसुस गराउनुपर्ने आवश्यकता रहेको स्पष्ट पारे।
काठमाडौं – नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले राष्ट्रका सामू देखिएका चुनौतीको सामना गर्न आफू गृहमा आएको बताएका छन् ।
बुधबार बेलुका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति समेत रहेका लामिछानेले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको पदभार ग्रहण गर्दै यस्तो बताएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिए लगत्तै उनले आज पदभार ग्रहण गरेका हुन्।
उनले जे चलिरहेको छ त्योभन्दा फरक गर्न सक्ने विश्वासका साथ गृहमन्त्रालय रोजेको बताए। उनले भने,‘कानुनले तोकेका कार्य गर्न कसैको निर्देशन लिनु पर्दैन। लिगल काम गर्न कुनै अनुमति लिनुपर्दैन।’
