`

राष्ट्रिय सभाका अध्यक्ष दाहालले लिए पद तथा गोपनीयताको शपथ

Nepal One HD २९ फागुन २०८० १९:४८
प्रमुख खबर

काठमाडौं – राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा मङ्‌गलबार आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

समारोहमा सहभागी उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया