सिंहदरबार अगाडि नेविसंघको प्रदर्शन
समाचार
काठमाडौँ / नेपाल विद्यार्थी संघले सरकारबिरुद्ध सिंहदरबार दक्षिण गेटअगाडि प्रदर्शन गरेको छ । जनताको संविधान कार्यान्वयन गर्नुपर्ने, नागरिकको उपचार राज्यले गर्नुपर्ने, निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगाएतका माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो ।
सिंहदरबार क्षेत्रमा नै प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा केहि विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कुनै कदम चाल्न नसकेको, सहकारी प्रकरणमा गृहमन्त्रीमाथि अनुसन्धान गर्नुपर्ने भन्दै उनीहरुले नारा लगाएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
