गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठनको मागबाट कांग्रेस पछि नहट्ने
राजनीति
काठमाडौं । नेपाली कांग्रेस सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको मागबाट पछि नहट्ने भएको छ ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले संसदीय समिति गठनको मागबाट पछि नहट्ने निर्णय गरेको हो ।
महामन्त्री गगन थापाले संसदीय समिति गठनको मागबाट पछि नहट्ने बैठकले निर्णय गरेको जानकारी दिए । उनले सरकार आफूहरुको मागमा संवेदनशील हुनुपर्ने बताए । कांग्रेसले संसदीय छानबिन समितिको मागसहित थप छलफल गर्न मंगलबार संसदीय दलको बैठक बोलाएको छ ।
कांग्रेसले माग गरिरहेको संसदीय छानबिन समितिका बारेमा सभामुख देवराज घिमिरे प्रमुख चार दलका शीर्ष नेतासँग आज छलफल गर्दैछन् । कांग्रेसले गृहमन्त्रीका विषयमा छानबिन गर्न संसदीय समिति गठन नगरे सदन चल्न नदिने अल्टिमेटम दिइसकेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
