`

सबै मतभेद हटाएर एकढिक्का भइ अगाडि बढ्न सभापति देउवाको आग्रह

Nepal One HD २८ चैत २०८० १४:०८
राजनीति

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  पार्टी निर्माणमा एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताएका छन् ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ कार्यसमितिले बुधबार आयोजना गरेको नयाँवर्षको शुभकामना आदानप्रदान तथा भेटघाटका अवसरमा सभापति देउवाले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको हितमा एकजुट भई लाग्न आग्रह गरे ।

नेपाली कांग्रेसमाथि अहिले धेरै चुनौती थपिएको बताउदै उनले सबै मतभेद हटाएर चुनौतीको सामना गर्न आग्रह गरे । उनले नेता तथा कार्यकर्तालाई अहिले पार्टीलाई अप्ठयारो पार्ने काम नगर्न निर्देशन दिए।

उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पहल गर्ने समेत प्रतिबद्धता जनाए ।

सो अवसरमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुशील गुरुङले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पहल गर्न सभापति देउवा समक्ष आग्रह गरेका थिए । 


प्रतिक्रिया