राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित
राजनीति
काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद विमला घिमिरे निर्वाचित भएकी छन् । बुधबार भएको मतदानमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै घिमिरे उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।
राष्ट्रिय सभाको उपाध्यक्षका लागि भएको मतदानका क्रममा उपस्थित ५५ जनामध्ये ३९ जनाले घिमिरेको पक्षमा मतदान गरेका थिए । त्यस्तै उनको विपक्षमा १६ सांसदले मतदान गरेका थिए ।
राष्ट्रिय सभाको अध्यक्षमा यसअघि नै नेकपा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भइसकेका छन् । यसअघिकी उपाध्यक्ष उर्मिला अर्यालले गत चैत १६ गते राजीनामा दिएपछि रिक्त उक्त पदका लागि बुधबार निर्वाचन भएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
