सरकारसंग पानी माग्दै सडकमा

अर्थ समाचार

काठमाडौ । खानेपानीको चरम अभाव भएकोले तत्काल पानीको आपूर्ति गनृ माग राखेर खानेपानी व्यवस्थापन संघर्ष समितिले काठमाडौंको जडिबुटी क्षेत्रमा प्रदर्शन गरेको छ ।
खहरे–जडिबुटी क्षेत्रमा खानेपानीको चरम अभाव भएकाले सरकारले तत्काल खानेपानीको पाइप लाइन बिच्छाइ खानेपानीको व्यवस्था गर्नुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । खानेपानीको पाइप राख्ने आश्वास लामो समयदेखि पाएपनि अझैसम्म पाइप समेत बिच्छाउने काम नभएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन् ।
उनीहरुले आगामी बैंशाख १५ गतेभित्र पाइप बिच्छाएर खानेपानी उपलव्ध गराउन माग गरेका छन् । संविधानमा स्वच्छ खानेपानीको अधिकार रहेपनि त्यसलाई सरकारले वेवास्ता गर्दै आफुहरुलाई खानेपानीबाट बञ्चित गराएको उनीहरुको गुनासो छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट