`

इरानले इजरायलमा चाँडै आक्रमण गर्न सक्ने बाइडनको दाबी

Nepal One HD १ वैशाख २०८१ १२:१९
विश्व

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनले इरानले चाँडै नै इजरायलमा हमला गर्न सक्ने बताएका छन् । अप्रिल महिनाको सुरुमै भएको एक हवाई हमलामा इरानका शीर्ष कमान्डरहरू मारिएपछि तेहरानले बदला लिने त्रास बढिरहँदा बाइडनले त्यसो भनेका हुन् इजरायलले सिरियास्थित अमेरिकी नियोगमा हमला गरेको स्वीकारेको छैन।

तर त्यो हमला उसकै योजनामा भएको ठानिएको छ । इजरायलले आफू प्रतिरक्षाका लागि तयार रहेको जनाएको छ भने बाइडनले हमला नगर्न इरानलाई चेतावनी दिएका छन् ।

इरानको साथ रहेको प्यालेस्टिनी समूह हमास इजरेलसँग गाजामा लडिरहेको छ । त्यसका साथै तेहरानको साथ उक्त क्षेत्रभरि कैयौँ छद्म समूहहरूलाई छ। तिनैमा लेबननको हिज्बुल्लाह समेत पर्छ जसले बारम्बार इजरेलीविरुद्ध हमला गर्छ ।

हिज्बुल्लाहले शुक्रबार लेबननबाट इजरायलतर्फ दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। इजरायल डिफेन्स फोर्सेस (आइडिएफ)का एकजना प्रवक्ताका अनुसार झण्डै ४० वटा क्षेप्यास्त्र र दुईवटा विस्फोटक ड्रोन प्रहार भएका थिए । त्यसमा हताहत भएका विवरण आएका छैन् र इरानको संलग्नताको छनक देखिएको छैन ।

एकजना अमेरिकी अधिकारीले सीबीएसलाई बताए अनुसार ती प्रहारहरू इजरेलमा अपेक्षित इरानी हमला बाहेकका हुन् । कडा हमला गर्दा इजरायलले जवाफ स्वरूप भयानक बल प्रयोग गर्नेछ भने हलुका हमला गर्दा इरान कमजोर र फितलो देखिने जोखिम रहन्छ ।


प्रतिक्रिया