`

स्टिङ अपरेसन टोलीका सदस्यको बयान फेर्ने विषयमा आफ्नो नाम उल्लेख भएकोमा अख्तियारको आपत्ति, छानबिन थाल्न माग

Nepal One HD १७ वैशाख २०८१ १७:४८
समाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिधाकुरामा प्रसारित भिडियोका सम्बन्धमा तत्काल छानबिन गर्न माग गरेको छ । सोमबार अख्तियारका प्रवक्ता नरहरि घिमिरेले विज्ञप्ति जारी गरी भ्रामक सामग्री प्रसारण–प्रकाशन गर्नेमाथि छानबिन गरी कानुन कारबाही गर्न आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासबाट निक्र्योल भइसकेको फैसला अनुरुपको काम कारवाही अबलम्बन गर्ने एवम् आफ्नो अधिकारक्षेत्रभित्रको उजुरी उपर अनुसन्धान एवम् अभियोजन गर्नुबाहेकका अन्य कुनै क्रियाकलापमा आयोग संलग्न हुने विषयमा कल्पनासम्म गर्न नसकिने हुँदा यस्ता भ्रामक क्रियाकलापमा आयोगको कुनै संलग्नता नरहेको व्यहोरा जानकारी गराइन्छ । साथै यस प्रकारका भ्रामक सामग्री प्रसारण–प्रकाशन गर्नेमाथि छानबिन गरी कानुन बमोजिम कारबाही गर्नसमेत सम्बन्धित निकायलाई आयोग अनुरोध गर्दछ ।’


प्रतिक्रिया