`

दम्पती हत्या आरोपमा दुई जना पक्राउ

Nepal One HD १८ वैशाख २०८१ १४:४३
अपराध

कुस्मा । पर्वतको जलजला गाउँपालिका–२, मल्लाजमा एक दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले कृष्ण विक र दिपक परियारलाई पक्राउ गरेको हो ।
विकलाई पर्वत र परियारलाई पोखराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले लुटपाट गर्ने उद्देश्यले हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मल्लाजका ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसी चैत २० गते घरमै मृत भेटिएका थिए ।


प्रतिक्रिया