आर्थिक शिथिलतामा सुधार हुँदै आएपनि ढुक्क हुने अवस्था छैन–अर्थमन्त्री


काठमाडौ । अर्थमन्त्री बर्षमान पुनले मुलुकको आर्थिक शिथिलतामा सुधार हुँदै आएपनि ढुक्क हुने अवस्था नरहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित दिगो आर्थिक विकासका लािग वित्त नीति बिषयक कार्यक्रममा मन्त्री पुनले आर्थिक तथा बाह्य कारणले देखिएको आर्थिक शिथिलतामा सुधार हुँदै आएको भएपनि ढुक्क हुने अवस्था नरहेको बताएका हुन् ।
उनले बिभिन्न तथ्याङ्कहरुको आधारमा गत बर्षभन्दा अर्थतन्त्रमा सुधार देखिएको दावी गरे । आर्थिक बर्ष सकिन तीन महिना बाँकी रहेको अवस्थामा यस बर्ष साढे चार प्रतिशत भन्दा माथि आर्थिक बृद्धि हुने मन्त्रालयको अनुमान रहेको उनले बताए । मन्त्री पुनले जलविधुत लगाएतका क्षेत्रमा केहि राम्रो देखिएपनि निर्माण क्षेत्रमा भने केहि समस्या देखिएको स्वीकारे ।
किसानहरुलाई प्रोत्साहन गर्ने गरि आगामी कार्यक्रम ल्याउने र आगामी नीति कार्यक्रम, बजेट र मौद्रीक नीतिलाई सन्तुलित बनाई जनतामा आशा जगाउने काम गर्ने उनको दावी छ ।