`

किर्गिजस्तानमा मिनी ट्रकको ठक्करबाट ३१ बालबालिका घाइते

Nepal One HD २१ वैशाख २०८१ १२:०२
विश्व

दक्षिणी किर्गिजस्तानमा एक उत्सव कार्यक्रममा विद्यार्थीहरूको समूहलाई मिनी ट्रकले ठक्कर दिँदा ३१ जना बालबालिका घाइते भएका आन्तरिक मामिला निर्देशनालयले जनाएको छ ।

जलाल अबाद क्षेत्रको सुजाक जिल्लामा मानस नामको एक कार्यक्रममा सहभागी बालबालिकाहरु घाइते भएका थिए ।

बालबच्चाका लागि आइसक्रिम बोकेको मिनीट्रक चालकको असावधानीका कारण सडकबाट एकाएक विद्यार्थीको भिडमा खसेको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार दुर्घटनामा ९–१६ वर्षका ३१ बालबालिका घाइते भएका थिए जसमध्ये चारको अवस्था गम्भीर रहेको छ । ट्रक चालकलाई प्रहरीले हिरासतमा लिएको छ ।


प्रतिक्रिया