`

जापान पठाइदिने भन्दै तीन करोड ठगी गरेको आरोपमा दुईजना पक्राउ

Nepal One HD २१ वैशाख २०८१ १२:५३
अपराध

काठमाडौं । नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामेछापको लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका राजन श्रेष्ठ र झापा गौरादह घर भएका ईश्वरी पाण्डेलाई पक्राउ गरेको हो ।

उनीहरुले जापान पठाउने भन्दै २१९ जनाबाट २ करोड ६८ लाख ठगी गरेको प्रहरीले जनाएको छ । नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी पुतलीसडकमा नियोनी एजुकेशन कन्सल्टेन्सी दर्ता गरी नारायण बहादुर राईका नाममा चलाउँदै आएका उनीहरुले जापान पठाउने भनी चार लाखदेखि सातलाख रुपैयाँसम्म उठाउने गरेको प्रहरीले जनाएको छ ।

ईश्वरी पाण्डेले पनि पर्वराज पाण्डेको हराएको नागरिकताको दुरुपयोग गरी उनको नाममा बैंक खोली रकम जम्मा गर्ने गरेका थिए । तीन वर्षदेखि पठाओ चलाउँदै आएका नागरिकता धनी नारायणबहादुर राईले आफ्नो नागरिकता १५/१६ वर्ष अगाडि हराएको प्रहरीमा बयान दिएका छन् ।


प्रतिक्रिया