`

परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार

Nepal One HD २१ वैशाख २०८१ १४:५८
अपराध

झापा । झापाको दमकमा १२ कक्षाको परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ । गोली प्रहारबाट घाइते उनको अवस्था गम्भीर छ । घाइते अधिकारीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ । हिमालय माद्यामिक विद्यालयमा अध्ययनरत उदयपुरकी एनिका अधिकारीमाथि गोली प्रहार भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । उनी दमकमा डेरा गरी बसेर बढ्दै आएकी थिइन् । उनीमाथि सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले बताएको छ ।

कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा एलिनालाई दमक ५ ज्येष्ठ नागरिक प्रतिष्ठान अगाडि बाटो ढुकेर बसेका यादवले गोली हानेका हुन् । गोली हान्नुको कारण र गोली हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया