`

दाङमा माइत आएकी सरिताको राप्ती नदीमा डुबेर मृत्यु

Nepal One HD २३ वैशाख २०८१ ६:५८
समाज

तुलसीपुर – दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको छ ।

लमही नगरपालिका–७ वनघुस्रीस्थित राप्ती नदीमा डुबेर राजपुर गाउँपालिका–२ मटेरिया निवासी २० वर्षीया सरिता चौधरीको मृत्युभएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार शनिबार दिउँसो गाउँका धेरै जना नुहाउन गएको अवस्थामा माइत आएकी सरिता पनि नदीमा नुहाउन गएकी थिइन् । त्यही क्रममा पानीमा पसेकी नाबालिकालाई बचाउन खोज्दा सरिता पानीमा डुबेकी हुन् ।


प्रतिक्रिया