`

कीर्तिपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु

Nepal One HD २३ वैशाख २०८१ १६:४७
समाचार

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । कीर्तिपुरबाट रत्नपार्क गइरहेको बा.३ ख.२०२७ नम्बरको बस कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना भएको हो ।

दुर्घटनामा एकजनाको मृत्यु भएको र ३ जना घाइते भएका प्रहरीले जनाएको छ । दुर्घटनामा डा. गोविन्द रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।


प्रतिक्रिया