नेसनल पेमेन्ट गेटवे प्रकरणः सुनिल पौडेललाई ९ वर्ष कैद सजायको फैसला

अपराध

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्षको कैद सजाय सुनाइएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई वैशाख ७ गते नै भ्रष्टाचारी ठहर गरेको थियो ।
उनले मंगलबार सजाय तोकिएको हो । अदालतले पौडेलसँग २३ करोड २६ लाख ५८ हजार रूपैयाँ बिगो असुल गरी त्यति नै रकम जरिवाना भराउने फैसला पनि गरेको छ । नेसनल पेमेन्ट गेटवे प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले उनीसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट