काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या

अपराध

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा २४ वर्षीय युवकको हत्या भएको छ । मोरङ घर भई कुमारी टोल बस्दै आएका २४ वर्षीय शम्भु धिमालको बत्तीसपुतलीस्थित सडकमै हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
धिमाललाई गए राति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएको थियो । चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार घटनामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट