भारतको मुम्बईमा होडिङबोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु

विश्व

बीबीसी । भारतको मुम्बईमा होडिङबोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने ७० भन्दाबढी घाइते भएका छन् । उक्त होडिङ बोर्ड १५ हजार बर्गफिटको रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सोमबार साँझ आएको आँधीले होडिङबोर्ड ढालेको हो । होडिङबोर्ड ढलेपछि त्यहाँ भागदौड मच्चिएको थियो भने थुप्रै मानिसहरू त्यसमा फसेका थिए । मंगलबार बिहानसम्म होडिङबोर्डमुनि बसेका ८६ जनाको उद्दार गरिएको छ । घाइते भएकाहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट