`

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव र अञ्जुको इजलासमा

Nepal One HD १ जेठ २०८१ ११:२८
प्रमुख खबर

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा परेको छ । यसअघि पाँचपटक पेसी तोकेर पनि सुनुवाइ हुन नसकेको मुद्दा आज पेसी सूचीको पहिलो नम्बरमै परेको छ।

गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो।

मुद्दा हेर्न नमिल्ने सूचीमा परेसँगै आजका लागि पेशी तोकिएको थियो।


प्रतिक्रिया