रुसी राष्ट्रपति पुटिन चीन भ्रमणमा


बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उनका चिनियाँ समकक्षी सी जिनपिङसँगको भेटवार्ताका लागि बेइजिङ पुगेका छन् ।पाँचौँ कार्यकालका लागि निर्वाचित भएपछि पुटिन पहिलो अन्तर्राष्ट्रिय भ्रमणमा बिहीबार बिहान बेइजिङ पुगेका हुन् ।
रुस र चीनबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ औँ वार्षिकोत्सव पारेर दुई नेताबीच बिहीबार भेट हुने छ । सात महिनाको अवधिमा क्रेम्लिन प्रमुखको यो दोस्रो चीन भ्रमण हो ।
रुसले युक्रेनमाथि सन् २०२२ को फेब्रुअरीमा आक्रमण गरेपछि दुई नेताबीच तीन पटक भेट भइसकेको छ । युक्रेन युद्ध सुरु भएपछि बेइजिङ मस्कोको महत्त्वपूर्ण साझेदार बनेको छ। चीन रुसमाथि अमेरिकासहित विभिन्न देशले लगाएको प्रतिबन्धको प्रभाव कम गराउन चाहन्छ । चीनले रुसलाई हतियार उपलब्ध गराएको आरोप बारम्बार अस्वीकार गर्दै आएको छ ।
अमेरिकी विदेशमन्त्री ब्लिङ्कनका अनुसार रुसका निम्ति गोलीगट्ठा, ट्याङ्क, बख्तरबन्द गाडी र क्षेप्यास्त्र बनाउनका निम्ति छोटो तर सघन तालिम र दिएर चीनले सहयोग गरेको छ । चीनले मस्कोसँगको आफ्नो व्यापारको प्रतिरक्षा गर्दै घातक हतियार नबेचेको र दोहोरो उपयोगको वस्तुको निर्यातमा विवेकपूर्ण र नियमसङ्गत ढङ्गले सन्तुलन कायम गरेको दाबी गर्दै आएको छ ।