`

साइग्रेसको कथामा आधारित फिल्म ‘अधुरो प्रेम’ बन्ने

Nepal One HD ६ जेठ २०८१ १२:१०
मनोरञ्जन

काठमाडौं । कथावाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रही फिल्म बन्ने भएको छ ।
काठमाडौंमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६० औँ शृङ्खलामा साइग्रेस आफैंले फिल्मको घोषणा गरे ।

शिशिर खातीले निर्देशन गर्ने फिल्म प्लानेट थ्री फिल्मस्ले निर्माण गरेको छ । प्लानेट थ्रीले यसअघि फिल्म ‘रङ्गेली’ निर्माण गरेको थियो । फिल्ममा अर्जुन सुवेदी कार्यकारी निर्माता छन् ।

साइग्रेसले आफ्नै युट्युब च्यानलमा तीन वर्षअघि अपलोड गरेको १ घण्टा ४६ मिनेट लामो अडियो उपन्यास ‘अधुरो प्रेम’ हालसम्म ६२ लाख भन्दा बढी पटक सुनिएको छ ।

उनले जीवनको एक कालमा भएको प्रेमबारे आफूले अडियो नोभेल तयार पारेको खुलाए । फिल्ममा सुजन चापागाईं र उनको टिमले तयार पार्नेछ । तर यो गीत फिल्ममा हुनेछैन ।


प्रतिक्रिया