क्यानडाले बर्खास्त गर्यो प्रशिक्षक दासानायकेलाई

खेलकुद

क्यानडाले राष्ट्रिय क्रिकेट टीमका प्रशिक्षक पुबुदु दासानायकेलाई बर्खास्त गरेको छ । आईसीसी टी–२० विश्वकपको पूर्व सन्ध्यामा क्यानडा क्रिकेट बोर्डले प्रशिक्षक पुबुदु दासानायकेलाई बर्खास्त गरेको हो ।
केही खेलाडीहरूले लिखित असन्तुष्टि व्यक्त गरेपछि क्यानडा क्रिकेट बोर्डले दासानायकेलाई बर्खास्तीको निर्णय लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । पुवुदु दासानायकेको प्रशिक्षणमा क्यानडाले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको थियो भने टी–२० विश्वकपमा छनोटसम्म यात्रा सहज बनाएको थियो । दासानायकेले नेपालमा पनि राष्ट्रिय क्रिकेट टीमको सफल प्रशिक्षकको भूमीका निर्वाह गरिसकेका छन् । उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेके थियो । उनी अमेरिकाका पूर्व प्रशिक्षक पनि हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट