`

सडक साँघुरो बनाउने महानगरको निर्णयविरुद्ध काठमाडौंको न्यूरोड क्षेत्रका बासिन्दा आन्दोलित

Nepal One HD १४ जेठ २०८१ १३:३२
समाज

काठमाडौं । न्यूरोड क्षेत्रको सडक साँघुरो गरेर फुटपाथ बढाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।

सोमबार महानगरपालिकाको सडक साँघुरो बनाउने काम राम्रो नभएको भन्दै न्यूरोडबासीले आन्दोलन गरेका हुन् । उनीहरूले न्यूरोड गेटबाट भित्रतर्फ न्यूरोड साँघुरो गर्न मिल्दैँन्, नयाँ सडक बचाउ भन्दै कालो ब्यानरहसित महानगरविरुद्ध प्रदर्शन गरे ।

आन्दोलनमा सहभागी स्थानीय सुवोदमान श्रेष्ठले काठमाडौं महानगरका मेयर बलेन साहको यो कदम ठिक नभएको बताए । उनले साथ दिनुपर्ने ठाउँमा दिने हो तर स्थानीयहरुको इच्छा र भावना विपरितको कार्यमा महानगर अघि बढेकाले विरोध गरेको जानकारी दिए ।

महानगरले न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक क्षेत्रको दुवैतर्फ काटेर फुटपाथ बढाउन लागिएको छ । तीन लेनको उक्त सडक बिनाप्राविधिक जाँच काटिएपछि सडक डिभिजन कार्यालय काठमाडौंले डोजरसहितका मेशिन नियन्त्रणमा लिएको थियो ।


प्रतिक्रिया