`

ढुङ्गा गिट्टी ठेक्का प्रकरणमा गोदावरीका मेयर महर्जनसहित १४ विरुद्ध भ्रष्टाचार मुद्दा

Nepal One HD २१ जेठ २०८१ १७:०५
अपराध

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सोमबार मेयर महर्जनसहित १४ जनाविरुद्ध एक अर्ब ४ करोड ८७ लाख ३३ हजार रुपैयाँ बिगोसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७५/०७६ देखि २०७९/०८० सम्म सरकारी दर रेटभन्दा कम दर रेटमा ढुंगा, गिट्टी, रोडा, बालुवा उत्खनन गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ ।


प्रतिक्रिया