भारतीय प्रधानमन्त्री मोदी लोकसभा सदस्यमा तेस्रो पटक पनि निर्वाचित

विश्व

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोक सभा सदस्यमा निर्वाचित भएका छन् । उनी बाराणसी क्षेत्रबाट उम्मेदवार बनेका थिए । प्रधानमन्त्री मोदीले कांग्रेस प्रदेश अध्यक्ष अजय राईलाई १ लाख ५२ हजार मतले पछि पार्दै तेस्रो पटक पनि लोकसभामा स्थान बनाएका हुन् ।
सन् २०१९ को तुलनामा यसपालि उनको मतान्तर भने घटेको छ । २०१९ मा उनी ४ लाख ७९ हजार ५०५ मतान्तरले विजयी भएका थिए । मोदीको दल भारतीय जनता पार्टी (भाजपा)ले भने बहुमत ल्याउन असफल हुने देखिएको छ । जारी मत गणनामा भाजपा २४३ सिटमा मात्रै अगाडि छ । एनडीए गठबन्धन भने २९३ सिटमा अघि बढेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट