सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सीबी लामा जेल चलान

अपराध

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका चन्द्रबहादुर तामाङ (सीबी लामा) पुर्पक्षका लागि जेल चलान भएका छन् । कान्तिपुर सेभिङका पूर्वअध्यक्ष लामालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार पठाइएको प्रहरीले जनाएको छ । लामा १८ जेठमा चितवनबाट पक्राउ परेका थिए । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
कान्तिपुर सेभिङमा सर्वसाधारणले बचत गरेको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । लामा सहितका सञ्चालकविरुद्ध ८५२ जना बचतकर्ताले जाहेरी दिएका छन् । पूरक जाहेरी आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट