अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत

अपराध

धनगढी । अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । मंगलबार बेहोस् अवस्थामा भेटिएकी १६ वर्षीया किशोरीमाथि बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले किशोरीलाई छाउगोठमा बेहोस् अवस्थामा भेटेपछि उद्दार गरेर अस्पताल लगिएको जानकारी दिए ।
उपचारपछि किशोरीले आफूमाथि बलात्कार भएको बताएकी थिइन् । प्रहरीले किशोरीको बयानका आधारमा १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । उनकाअनुसार पक्राउ परेका किशोर किशोरीका नातेदार हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट