`

ओली निवासको सुरक्षामा खटिएका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

Nepal One HD २२ असार २०८१ १२:२०
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा सुरक्षा प्रमुख रहेका सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको शंकास्पद मृत्यु भएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालय, हलचोक दरबन्दी भई ओलीनिवास बालकोटमा सुरक्षा प्रमुखको जिम्मेवारीमा खटिएका थापाको शनिबार बिहान मृत्यु भएको हो ।

प्रहरीका अनुसार ४२ वर्षीय थापा शुक्रबार बेलुका खाना खाएर भक्तपुरको सूर्यविनायक नगरपालिका–९, गुण्डुस्थित उनको घरमा सुतेकामा शनिबार बिहाने अचेत भेटिएका थिए ।

उनलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा बिहान ६ः५० बजे चिकित्सकले मृत्त घोषणा गरेका हुन् ।

घटनास्थलमा प्रहरी वृत, जगातीबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिएर प्रारम्भिक अनुसन्धान कार्य सकेपछि शव पोष्टमटर्मका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया