`

भानुजयन्तीका अवसरमा साहित्यकारद्वय राई र ठकुरी सम्मानित

Nepal One HD २९ असार २०८१ ११:४५
समाचार

काठमाडौँ । सभामुख देवराज घिमिरेले दुई सय ११औँ भानुजयन्तीका अवसरमा दुईजना साहित्यकारलाई सम्मान गरेका छन् ।  


नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा शनिबार आयोजित कार्यक्रममा प्रा डा नोवलकिशोर राई र माया ठकुरीलाई सम्मान गरिएको हो । नेपाली साहित्यमा विशिष्ट योगदान गरेबापत उनीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई बग्गीमा राखेर नगर परिक्रमा गराइको थियो ।


त्यसअघि प्रज्ञा–प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्त आर्चायको प्रतिमामा माल्यार्पण गरिएको थियो । 


भानुजयन्ती कै अवसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना, नेपाल स्काउट र विभिन्न विद्यालयका विद्यार्थी, साहित्यकार, बुद्धिजीवीको सहभागितामा प्रज्ञा भवनबाट शोभायात्रा आयोजना गरिएको थियो । 


उक्त शोभायात्रा बागबजार–रत्नपार्क–शान्तिवाटिका–दरबार हाईस्कुलस्थित भानुभक्तकोप्रतिस्थल हुँदै पुनःप्रज्ञा भवन पुगेर सभामा परिणत भएको थियो ।


प्रतिक्रिया