‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड नेपालले जित्यो


काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रदान गर्ने आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड यसपटक नेपालले जितेको छ । यो विधामा यसअघि एसिया क्षेत्रको विजेता बनेको नेपालले यसपटक ग्लोबल अवार्ड जितेको हो ।
आईसीसीले बुधबार यो विधामा नेपालले ग्लोबल अवार्ड पाएको घोषणा गरेको हो । आईसीसीका अनुसार पछिल्लो वर्ष नेपालको फ्यानबेस फेसबुक लगायतका सामाजिक सञ्जालमा चार सय प्रतिशत भन्दा बढीको पहुँचमा पुगेको छ ।
यस्तै मेक्सिकोले डेभलपमेन्ट इनिसिएटिभ अफ दी इयर अवार्ड दिइएको छ भने ओमानले क्रिकेट–फर–हर कार्यक्रमका लागि १०० पर्सेन्ट क्रिकेट महिला क्रिकेट इनिसिएटिभ अफ दी इयर पाएको छ ।
नेदरल्यान्ड्सले आईसीसी एसोसिएट सदस्य पुरुष प्रदर्शनका लागि उत्कृष्ट पुरस्कार पाएको छ । यूएईले एसोसिएट सदस्य महिला वर्ष प्रदर्शनको अवार्ड पाएको छ । स्कटल्यान्डले क्रिकेट फर गुड सोसल इम्प्याक्ट इनिसिएटिभ अफ दी इयर विधामा पुरस्कार पाएको छ ।