`

‘आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ प्राप्त गरेकोमा प्रधानमन्त्रीद्वारा बधाई

Nepal One HD ३ साउन २०८१ १०:५९
खेलकुद

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ मुलुकलाई प्राप्त भएकामा सम्पूर्ण नेपालीलाई बधाई दिएका छन् ।

इन्टरनेसनल क्रिकेट काउन्सिलले यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ ।

‘यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ, बधाई नेपाली’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।

नेपालले राम्रो क्रिकेट मात्र खेलेको नभई त्यति नै मात्रामा खेललाई पनि साथ दिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

‘हामी राम्रो क्रिकेट खेलिरहेका छौँ, अनि त्यति नै मात्रामा खेललाई समर्थन गरिरहेका छौँ, यसका लागि नेपाली खेलाडी, क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन्’, प्रधानमन्त्री ओलीको ‘फेसबुक पेज’मा लेखिएको छ ।


प्रतिक्रिया