`

तेल अभिभमा ड्रोन प्रहार भएपछि यमनमा हूथीविरुद्ध इजरायली हमला

Nepal One HD ६ साउन २०८१ १८:०८
विश्व

बीबीसी । इजरायलले यमनमा हूथी–नियन्त्रित रेड सीको हुडैडा बन्दरगाह हवाई हमलाहरू गरेको छ । हूथी समूहले तेलअभिभमा एउटा ड्रोन प्रहार गरेको एक दिनपछि इजरेलले हवाई हमला गरेको हो ।

इजरायली रक्षामन्त्री योआभ गालान्टले आफ्नो देशले हूथी आन्दोलनलाई यो हमलामार्फत सन्देश दिन चाहेको बताएका छन् ।

उनले भने, ‘हुडैडामा यतिखेर दन्किरहेको आगो मध्यपूर्वभरि देखा देखिएको छ र त्यो उल्लेख्य रूपमा प्रस्ट छ।’ हूथीसँग सम्बन्ध भएका सञ्चारमाध्यमहरूले सो इजरायली हमलाबाट तीन जना मारिनुको साथै ८० जनाभन्दा धेरै घाइते भएको उल्लेख गरेका छन् । एकजना हूथी अधिकारी मोहम्मद अब्दुलसलामले त्यसलाई यमनविरुद्ध इजरेलको क्रूर आक्रामक कार्य भनेका छन् ।

ती हूथी अधिकारीले आफूहरूविरुद्ध हमला गरेर इजरायलले गाजामा प्यालेस्टिनीहरूलाई साथ दिने काम बन्द होस् भन्ने चाहे पनि त्यसो नहुने बताए ।

हूथी आन्दोलनको कार्यकारी निकाय हूथी सर्वोच्च राजनीतिक परिषद्लाई उदृत गर्दै हूथीहरूद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएअनुसार यी हवाई हमलाको ‘प्रभावकारी जवाफ’ दिइने जनाइएको छ ।

इजरायली सेनाले आइतबार बिहान यमनबाट प्रहार गरिएको एउटा क्षेप्यास्त्र इजरायली हवाई क्षेत्रमा प्रवेश गर्नुअघि नै खसालिदिएको जनाएको छ ।

यो घटना पछिल्ला पटक इजरायलले हूथीहरूविरुद्ध गरेको पहिलो प्रत्यक्ष आक्रमण हो । इजरायलले यसबीचमा आफूहरू लक्षित सयौँ यमनी ड्रोन र क्षेप्यास्त्र प्रहार भएपछि त्यसको जवाफ दिएको जनाएको छ ।


प्रतिक्रिया