राष्ट्रपतिको दौडबाट बाहिरिए बाइडेन


बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतिको दौडबाट बाहिरिएका छन् । आइतबार साँझ उनले राष्ट्रपतिको दौडबाट बाहिरिएर उपराष्ट्रपति कमला ह्यारिसलाई उम्मेदवार बन्न समर्थन गर्ने घोषणा गरेका हुन् ।
आफ्नो यो निर्णय पार्टी र देशको हितमा रहेको उनले बताए । जुनको अन्त्यमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँग कमजोर बहस प्रदर्शन पछि उनलाई उम्मेदवार छाड्न कडा दबाब परेको थियो ।
बाइडेनले राष्ट्रपतिको रुपमा काम गर्न पाउनु आफ्नो जीवनको सबैभन्दा ठूलो सम्मान भएको बताए । राष्ट्रपति बिडेनले आफ्ना उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद दिँदै आफू एक असाधारण साझेदार भएको बताए । उनले यस विषयमा अर्को साता राष्ट्रका नाममा सम्बोधन गर्ने बताएका छन् ।
बाइडेनले भनेका छन्, ‘मेरो बाँकी कार्यकालको लागि राष्ट्रपतिको रूपमा मेरो कर्तव्यहरूमा मेरो सबै शक्ति केन्द्रित गर्ने निर्णय गरेको छु । २०२० मा पार्टीको उम्मेदवारको रूपमा मेरो पहिलो निर्णय कमला ह्यारिसलाई मेरो उपराष्ट्रपति बनाउने थियो । र यो मैले गरेको सबैभन्दा राम्रो निर्णय हो । आज म कमलालाई यसवर्ष हाम्रो पार्टीको उम्मेदवार बन्न मेरो पूर्ण समर्थन गर्न चाहन्छु । डेमोक्रेटहरू–यो एकजुट भएर ट्रम्पलाई हराउने समय हो। अब यो काम गरौं ।’