`

काभा यु–२० महिला भलिबलमा नेपाल तेस्रो

Nepal One HD ८ साउन २०८१ १९:१९
खेलकुद

माले । माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपाल तेस्रो भएको छ ।
माले सिटीस्थित सोसल सेन्टर ईन्डोर हलमा मंगलबार तेस्रो स्थानको लागि भएको खेलमा नेपालले माल्दिभ्सलाई २५-१५, २५-१०, २५-१४ ले पराजित गरको हो ।
उपाधि जित्ने लक्ष्यका साथ माले आएको नेपाली जुनियर टोलीले सोचे अनुसार प्रदर्शन गर्न नसक्दा तेस्राे स्थानमै चित्त बुझाउनु पर्यो ।
चार राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले कुल ५ खेल खेल्दा जम्मा दुई खेल मात्र जित्यो । नेपालले माल्दिभ्सलाई दुई पटक पराजित गर्यो । तर कीर्गिस्तानसँग दुई पटक र श्रीलंकासँग एक पटक पराजित भयो ।

नेपाली टिमका प्रशिक्षक अर्जुन घिमिरेेले यस प्रतियोगितामा नेपालले सोचे अनुसार प्रदर्शन गर्न नसकेको तर पहिलो प्रतियोगिता भएकोले धेरै कुरा सिक्ने अवसर भएको बताए ।’पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा भएर खेलाडी हामी सबै उत्साहित थियाैँ । तर रिसिभ, डिफेन्स, ब्लकमा कमजोर हुँदा फाईनल पुग्न सकेनाैँ । पहिलो खेलमा हामीले श्रीलंकालाई हराउनुपर्ने थियो ।तर खेलाडीहरु सुरुमा नर्भस भए । कीर्गिस्तानको स्तर हामी भन्दा राम्रो देखियो ।’उनले भने ।


प्रतिक्रिया